२४ कात्तिक, काठमाडौं । दाङमा मतदाता नामावलीमा नाम दर्ता गर्न समस्या भएको स्थानीयहरूले गुनासो गरेका छन् ।
निर्वाचन आयोगको सर्भरमा समस्या आउँदा मतदाता नामावलीमा नाम दर्ता गर्न समस्या भएको दाङका स्थानीयहरूले गुनासो गरेका हुन् ।
‘मतदाता नामवलीमा नाम दर्ता गर्न आउनुभएका दंगालीहरू अनलाइन फारम भर्न साइबर र स्थानीय युवाहरूले सञ्चालन गरेको हेल्पडेक्समा बिहानदेखि लाइनमा हुनुहुन्छ । केही थाकेर घर फर्किसक्नु भयो । यता आयोगको सर्भर नचलेर हैरान छ । जिल्लामा एकमात्र बायोमेट्रिक दिन मिल्ने निर्वाचन आयोगको कार्यालयभित्र भने मान्छेको उपस्थिति न्यून छ,’ स्थानीय विशाल अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन ।
यहि ३० कात्तिकसम्म मतदाता नामावलीमा नाम दर्ता गरिसक्नुपर्ने समय सीमा छ ।
निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेयन्द्र कुँवर सर्भरको समस्या देशभर रहेको बताउँछन् ।
‘सर्भरको समस्या देशभरको समस्या हो । एकै समयमा फर्म भर्न समस्या भएको हो । तर, समाधानउन्मुख हुँदै आएको छ । हिजो र अस्तिको भन्दा समस्या आज केही कम भएको छ ।’
यो विषय केन्द्रले नै समाधान गर्नुपर्ने खालको भएको दोहोर्याउँदै उनले समस्या समाधान हुने विश्वासमा रहेको बताए । पछिल्लो समय थपिएको समयमा दाङबाट मात्रै दुई हजार चार सय ६३ जना नयाँ मतदाता थपिएका छन् ।
प्रतिक्रिया 4