+

चन्द्रपलले भने- एनपीएलको ट्रफी आकर्षक लाग्यो, डिफेन्ड गर्नेछौं

२०८२ कात्तिक  २४ गते २०:३६ २०८२ कात्तिक २४ गते २०:३६
चन्द्रपलले भने- एनपीएलको ट्रफी आकर्षक लाग्यो, डिफेन्ड गर्नेछौं

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण १ मंसिरदेखि सुरु हुँदैछ र जनकपुर बोल्ट्सका प्रशिक्षक शिवनराइन चन्द्रपलले उपाधि जोगाउने लक्ष्य राखेका छन्।
  • शिवनराइन चन्द्रपलले नेपाललाई सुन्दर देश भन्दै स्थानीय प्रशिक्षकहरूसँग जानकारी लिएर राम्रो क्रिकेट खेल्ने आशा व्यक्त गर्नुभयो।
  • जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडाले शिवनराइनलाई ल्याउन कठिन नभएको र टोली उपाधि बचाउन तयार रहेको बताउनुभयो।

२४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको साविक विजेता जनकपुर बोल्ट्सका नवनियुक्त प्रशिक्षक शिवनराइन चन्द्रपलले दोस्रो संस्करणको उपाधि पनि जित्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले एनपीएलको ट्रफी आकर्षक लागेको बताए  । ‘ट्रफी ठुलो अनि आकर्षक रहेछ, आशा छ हामी डिफेन्ड गर्नेछौं।’

पहिलो पटक नेपाल आएका वेस्ट इन्डिजका पूर्वकप्तान चन्द्रपलले नेपाललाई सुन्दर देश बताउँदै भने, ‘यहाँको वातावरण निकै राम्रो छ। हामी राम्रो क्रिकेट खेल्ने आशा गर्छौं र गत वर्षको सफलताकै पाइला पछ्याउनेछौं।’

चन्द्रपालले जनकपुरको टोलीमा रहेका प्रतिभाहरू अब थाहा हुँदै जाने बताए । ‘पहिलोपटक आएको छु, धेरै कुरा थाहा छैन।स्थानीय प्रशिक्षकहरूसँग धेरै जानकारी लिनेछु’ उनले भने, ‘हामीले राम्रो क्रिकेट खेल्न सक्यौं भने उपाधि जोगाउन सक्छौं।’

‘म यहाँ यस टोलीलाई उपाधि बचाउन र युवाहरूलाई आफ्नो कौशल देखाउन मद्दत गर्न आएको छु’ उनले थपे ।

नेपाली क्रिकेटबारे उनले थपे, ‘मैले नेपाललाई केही प्रतियोगितामा खेलेको देखेको छु, यूएईमा भएको वेस्ट इन्डिनसँगको शृंखला पनि हेरें। उनीहरूले उत्कृष्ट प्रदर्शन गरे।’

साथै उनले नेपालले अझ धेरै खेल जित्नुपर्ने कुरा उल्लेख गरे। ‘पूर्वाधारको विकासले टोलीलाई अझ माथि पुर्‍याउँछ। यो नेपाली क्रिकेटको लागि ठूलो अवसर हो’ उनले भने ।

गत सिजनको एनपीएलका दौरान वेस्ट इन्डिजका महान क्रिकेटर ब्रायन लारा नेपाल आएका थिए । लाराको बारेमा बोल्दै चन्द्रपलले भने, ‘लारा सुपरस्टार हुन् । ब्याटिङका जीनियस हुन्।’  ”

कार्यक्रममा बोल्दै जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडाले भने, ‘पहिलो सिजनमा पुबुदु (दासानायके)सँग राम्रो अनुभव भयो। अब हाम्रो टोलीसँग शिवनराइन छन्, र हामीले त्यही जोश र लयलाई निरन्तरता दिनेछौं।’

‘उनलाई ल्याउन कठिन भएन, उनी हामीसँग काम गर्न उत्साहित थिए। अब हामी उपाधि बचाउन तयार छौं’ खतिवडाले थपे ।

एनपीएलको दोस्रो संस्करण १ मंसिरदेखि हुँदैछ जसका लागि खेलतालिका पनि आज सार्वजनिक भएको छ ।

शिवनराइन चन्द्रपल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय