News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रीपरिषद्ले फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने मिति स्वीकृत गरेको छ।
- राष्ट्रिय खेलकुद परिषद्को १२३औं बोर्ड बैठकले पनि फागुन १ देखि ७ सम्म प्रतियोगिता गर्ने निर्णय गरेको थियो।
- २०७९ सालमा गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद सम्पन्न भएसँगै दशौं खेलकुद कर्णालीमा २०८१ मंसिरमा गर्ने योजना थियो।
२४ कात्तिक, काठमाडौं । मन्त्रीपरिषद्ले कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मिति स्वीकृत गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आउँदो फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मिति स्वीकृत गरेको हो ।
यसअघि गत बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२३औं बोर्ड बैठकले प्रतियोगिता फागुन १ देखि ७ सम्म गर्ने निर्णय गरेको थियो ।
२०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन अवसर दुई वर्षपछि २०८१ मंसिरमा दशौँ कर्णाली प्रदेशमा गर्ने गरी झण्डा हस्तानतरण गरिएको थियो ।
तर भौतिक पूर्वाधार र विभिन्न कारण देखाउँदै निर्धारित समयमा दशा हुन सकेन र पहिलो पटक मिति सारेर २०८१ चैतमा गर्ने निर्णय गरिएको थियो ।
आर्थिक कारण देखाउँदै चैतमा पनि गर्न नसकिने भन्दै दोस्रो पटक मिति सारेर २०८२ जेठमा पुर्याइएको थियो । त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।
प्रतिक्रिया 4