News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री रामेश्वर खनालले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा नेपालले उल्लेखनीय प्रगति गरेको बताएका छन्।
- उनले राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा यस्तो बताएका हुन्।
- खनालले आगामी जनवरीमा हुने बैठकमा अन्तर्राष्ट्रिय निकायलाई प्रगतिबारे जानकारी दिने योजना रहेको बताए।
२५ कात्तिक, काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले खनालले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा नेपालले पछिल्लो समय उल्लेखनीय प्रगति गरेको बताएका छन्।
मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय निकायहरूले नेपाललाई पहिले ‘कानुन बनाएको तर कार्यान्वयन नगरेको’ भनेर आलोचना गरे पनि अहिले त्यस्तो नरहेको बताएका हुन्।
‘हामीले कानुन मात्र होइन, मुद्दा दर्ता र कारबाही प्रक्रियामा पनि प्रगति गरेका छौं। यही प्रगतिबारे आगामी जनवरीमा हुने बैठकमा अन्तर्राष्ट्रिय निकायलाई जानकारी दिन सक्नेछौं,’ उनले भने।
अर्थमन्त्री खनालले नेपालले अन्तर्राष्ट्रिय निकायहरूसँग गरेको प्रतिवद्धता पालनामा पनि सरकार गम्भीर रहेको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4