+
+
Shares

भित्र मुख्यमन्त्रीको पदभार, बाहिर झडप

मुख्यमन्त्री यादवले मधेश भवनभित्र पदभार ग्रहण गरिरहँदा बाहिर सात राजनीतक दलका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए । सो क्रममा दलका नेता तथा कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १७:२६

२५ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन् ।

असहज परिस्थितिका बाबजुद उनले मधेश भवन छिरेर मंगलबार पदभार ग्रहण गरेका हुन् ।

यादवले पदभार ग्रहण गरिरहँदा सात राजनीतिक दलका सांसद तथा नेता कार्यकर्ताहरूले मधेश भवन आगाडि नाराबाजी गरिरहेका थिए ।

विरोध प्रदर्शनका क्रममा मधेश भवन बाहिर सांसद र राजनीतिक दलका नेता कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ ।

त्यस क्रममा प्रहरीले विरोधमा उत्रिएका दलका नेता तथा कार्यकर्तामाथि लाठीचार्ज समेत गरेका छन् ।

प्रहरीले विरोध प्रदर्शनमा उत्रिएका दलका नेता तथा कार्यकर्तामाथि लाठीचार्ज गर्दै भिडलाई तितरबितर बनाएको छ । जसका कारण अहिले मधेश भवन अगाडिको क्षेत्र तनावग्रस्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?