+
+
Shares

रास्वपाले भन्यो- विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता तत्काल सुरु गरियोस्

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता कार्य तत्काल सुरु गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई माग गरेको छ।
  • रास्वपाले राष्ट्रिय परिचय पत्र र सम्बन्धित राजदूतावासबाट मतदाता नाम दर्ता गर्न सहजीकरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ।
  • पत्रमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले हस्ताक्षर गरी पार्टीको तर्फबाट गृहमन्त्री अर्यालसमक्ष माग राखेका छन्।

२५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्पतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता कार्य तत्काल सुरु गर्न माग गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर रास्वपाले यस्तो माग गरेको हो ।

‘ठूलो संख्यामा नेपाली नवयुवाहरू विदेशमा रहनुभएकाले विदेशमा रहनुभएका योग्यता पुगेको नेपालीहरूको हकमा राष्ट्रिय परिचय पत्रका आधारमा वा स‍म्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्ने तत्काल व्यवस्था मिलाइदिनुहुन समेत अनुरोध गर्दछौं,’ रास्वपाले गृहमन्त्री अर्याललाई बुझाएको पत्रमा उल्लेख छ ।

पत्रमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले हस्ताक्षर गरेका छन् । महामन्त्री बुर्लाकोटीले पार्टीकै तर्फबाट यस्तो माग गृहमन्त्री अर्यालसमक्ष राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?