+
+
Shares

अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्ष थापा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा वर्ष २०२६ का लागि अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित भएकी छन्।
  • थापाले सामाजिक सेवा, युवा सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा २००९ देखि जेसीजमा अभियानमा संलग्न रहँदै आएकी छन्।
  • नेपाल जेसीजले १५ वर्षपछि अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा नेपालको प्रतिनिधित्व हुनुलाई गौरव र उपलब्धिमूलक भनेको छ।

२५ कात्तिक, काठमाडौं। नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित भएकी छन्।

थापा वर्ष २०२६ का लागि अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन्। सामाजिक सेवा, युवा सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा सक्रिय थापा २००९ देखि जेसीजमा अभियानमा संलग्न रहँदै आएकी छन्।

नेपाल जेसीजले १५ वर्षपछि अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा नेपालको प्रतिनिधित्व हुनुलाई गौरव र उपलब्धिमूलक भनेको छ। नेपाल जेसीजले सन् २०११ मा पछिल्लो पटक अन्तर्राष्ट्रिय जेसीआई उपाध्यक्ष पदमा प्रतिनिधित्व गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?