२६ कात्तिक, काठमाडौं । भारत र पाकिस्तानका राजधानीपछि बंगलादेशको राजधानी ढाकामा पनि बम विस्फोट भएको छ ।
ढाकाका फरक–फरक स्थानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर विस्फोटमा मानवीय क्षतिको विवरण आएको छैन ।
एसिया न्यूज नेटवर्क (एएनएन)का अनुसार मंगलबार ढाकाका धानमन्डी र गुलिस्तान क्षेत्रमा फरक–फरक समयमा बम विष्फोट भएका थिए ।
जिल्ला अदालत भवन अगाडि रोकिएको प्रहरी भ्यानमा भएको विष्फोटमा २७ जना घाइते भएका छन् । यो आक्रमणको जिम्मा पाकिस्तानी तालिबान (टीटीपी)ले लिएको द डेली स्टारले जनाएको छ । यसले यस्ता आक्रमण जारी राख्ने जनाएको छ ।
धानमन्डीमा रहेको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) को अनुसन्धान एजेन्सी कार्यालय अगाडि मंगलबार बुलेकी स्थानीय समय अनुसार ८:०४ बजे अर्को विष्फोट भएको थियो । यसैगरी विस्फोट ८:५० बजे गुलिस्तानको जिरो प्वाइन्ट नजिकै पनि विष्फोट भएको थियो ।
प्रहरीका अनुसार दुवै घटनामा मोटरसाइकलमा आएका दुई जनाले बम फालेर भागेका थिए । प्रहरीलाई उद्धृत गर्दै एएनएनले विस्फोटमा कुनै हताहत नभएको र विष्फोटमा संलग्न कोही पक्राउ पनि नपरेका उल्लेख गरेको छ ।
मानवीय क्षति नभए पनि विष्फोटबाट स्थानीय त्रासमा रहेका बंगलादेशका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विष्फोट गराइएका बमहरू क्रुड बम भएको बताइएको छ । क्रुड बम भनेको घरेलु तरिकाले बनाइएको साधारण विस्फोटक यन्त्र हो । यो सामान्यतया कम गुणस्तरको, असुरक्षित र अस्थिर हुन्छ । क्रुड बम व्यावसायिक वा सैन्य बमहरू जस्तो उन्नत प्रविधि वा सामग्री प्रयोग गरेर बनाइँदैन ।
यसअघि आइतबार बेलुकी भारतको राजधानी नयाँदिल्लीको लालकिला नजिकको मेट्रो स्टेसनमा कारमा विष्फोट हुँदा ८ जनाको मृत्यु भएको थियो । यसैगरी सोमबार पाकिस्तानको राजधानी इस्लामावादमा विष्फोट हुँदा १३ जनाको मृत्यु भएको थियो ।
ढाकामा भने सरकारी कार्यालय, धार्मिक संस्था र पार्टी कार्यालयलाई लक्षित गरी विष्फोट गराइएको थियो । यो घटनापछि देशभर सुरक्षा सतर्कता बढाइएको द डेली स्टारले जनाएको छ ।
साथै सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले घटनाको अनुसन्धान गरी संलग्नलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । साथै धार्मिक सहिष्णुतामा खलल पुर्याउन खोज्नेहरुलाई उचित जवाफ दिने चेतावनी पनि दिएका छन् ।
प्रतिक्रिया 4