+
+
Shares

एनआरएन इन्फ्रास्ट्रक्चरको ४२ प्रतिशत लाभांश घोषणा, हकप्रद सेयर जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
  • कम्पनीले बोनस सेयरपछि १ बराबर १ अनुपातमा शत प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।
  • कम्पनीले पुस ४ गते वार्षिक साधारणसभा बोलाएको र मंसिर ११ गते बुक क्लोज मिति तय गरेको छ।

२६ कात्तिक, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले सेयरधनीका लागि ४२.१०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

साथै कम्पनीले यो बोनस सेयरपछि कायम हुने चुक्ता पूँजीमा १ बराबर १ अनुपात अर्थात् शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

साथै कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । पुस ४ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको हो । साथै कम्पनीले मंसिर ११ गते बुक क्लोजको मिति तय गरेको छ ।

विशिष्टिकृत लगानी कोष व्यवस्थापन गर्ने उद्देश्यले कम्तीमा ५१ प्रतिशत स्वामित्व हुने गरी सहायक कम्पनीका रुपमा कोष व्यवस्थापक कम्पनी स्थापना गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने निर्णय सञ्चालक समितिले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?