+
+
Shares

मधेस सरकार गठनविरूद्ध आज पनि सांसदहरू धर्नामा

प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेपछि मधेस भवन अशान्त बनेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेस प्रदेशका सातदलका सांसदहरूले मधेस प्रदेश सरकार गठनविरुद्ध मधेस भवन अगाडि बाटो छेकेर धर्ना बसेका छन्।
  • प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले नेकपा एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि मधेस भवन अशान्त बनेको छ।
  • सात दलीय गठबन्धनले प्रहरीको लाठी चार्जबाट १७ जना घाइते भएपछि आन्दोलनको घोषणा गरेको छ।

२६ कात्तिक, काठमाडौं। मधेस प्रदेश सरकार गठनविरुद्ध मधेश प्रदेशका सांसदहरू आज पनि धर्नामा बसेका छन्। मधेस भवन अगाडि बाटो छेकेर सातदलका प्रदेश सांसदहरु धर्नामा बसेका हुन्।

प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेपछि मधेस भवन अशान्त बनेको छ।

नेपाली कांग्रेसफ जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद सहितका कार्यकर्ताहरू आन्दोलनमा छन्।

मङ्गलबार साँझ नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले भित्र पदभार ग्रहण गर्न गएको बेला बाहिर प्रदर्शन चर्किएको थियो । त्यस क्रममा प्रहरीको लाठी चार्जबाट १७ जना प्रदर्शनकारी घाइते भएका थिए।

घटनाको विरोधमा सात दलीय गठबन्धनले आजदेखि आन्दोलनको घोषणा समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?