+
+
Shares

महाधिवेशन विवादबारे श्याम घिमिरे : टिकट कसले बाँड्ने भन्ने कुरा हो

सानेपामा जारी बुधबारको बैठकमा धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘यदि यो बैठक अनिर्णयको अवस्थामा वा अल्पमत–बहुमतबाट निर्णय गरेर टुंगिने अवस्था रह्यो भने यो पार्टीका लागि दुर्भाग्यपूर्ण हुने छ,’ केन्द्रीय सदस्य घिमिरेले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले केन्द्रीय समिति बैठक अल्पमत–बहुमतको निर्णयबाट टुंगिए पार्टीका लागि दुर्भाग्यपूर्ण हुने बताए।
  • उनले महाधिवेशन विवाद चुनाव अघि वा पछि टिकट बाँड्ने विषय मात्र भएको र विवाद सुल्झाउन छलफल भए पनि निकास निस्कन नसकेको बताए।
  • घिमिरेले विशेष महाधिवेशन बोलाइए पार्टी विभाजन हुने खतरा रहेको र द्वन्द्वको बीउ रोपिने तर्क गरे।

२६ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले जारी केन्द्रीय समिति बैठक अल्पमत–बहुमतको निर्णयबाट टुंगिने अवस्था आए पार्टीका लागि दुर्भाग्यपूर्ण हुने बताएका छन्।

सानेपामा जारी बुधबारको बैठकमा धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘यदि यो बैठक अनिर्णयको अवस्थामा वा अल्पमत–बहुमतबाट निर्णय गरेर टुंगिने अवस्था रह्यो भने यो पार्टीका लागि दुर्भाग्यपूर्ण हुने छ।,’ केन्द्रीय सदस्य घिमिरेले भने ।

उनले २१ फागुनका लागि तय भएको चुनाव अघि वा पछि महाधिवेशन भनेर भइरहेको पार्टीको विवाद मात्र निर्वाचनमा टिकट बाँड्ने विषय भएको पनि जिकिर गरे ।

‘महाधिवेशन निर्वाचन अगाडि वा पछाडि भन्ने देखिएको छ । जसले जे–जे भने पनि तोकिएको समयमा चुनाव भयो भने टिकट कसले बाँड्ने, कसको हात माथि रहने भन्ने कुरा नै हो भन्न सकिन्छ,’ घिमिरेले भने ।

उनले विवाद सुल्झाउन विधिन्न चरणमा शीर्ष नेता, पदाधिकारी, पूर्वपदाधिकारी र कार्यसमपादन समितिसँगै व्यक्तिगत र सामूहिक छलफल भए पनि अन्तरनिहीत स्वार्थका कारण निकास निस्कन नसकेको पनि बताए ।

‘यो विवाद सुल्झाउनका लागि धेरै चरणमा शीर्ष नेताहरू, पदाधिकारी, पूर्वपदाधिकरी, कार्यसम्पादन समितिलगायत सामूहिक र व्यक्तिगत रूपमा, औपचारिक–अनौपचारिक गरेर धेरै पटक छलफल पनि भए,’ उनले भने, ‘तर, निकास निस्कन सकेन । यसको मुलभूत कारण अन्तरनिहित विभिन्न स्वार्थहरू नै हुन भनेर भन्न सकिन्छ।’

नेता घिमिरेले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षरलाई अस्वीकार गरेर जान नसकिने भए पनि विशेष महाधिवेशन बोलाइए पार्टी विभाजन हुने खतरा रहेको पनि बताए।

‘विशेष महाधिवशेनको मागलाई अस्वीकार गरेर जान सकिँदैन । हामी विशेष महाधिवेशनतर्फ गयौँ भने यो विषय यति अमुर्त छ कि विधानको धारा १७ (२) बाहेक अन्यत्र कतै पनि त्यो विषयमा उल्लेख छैन,’ नेता घिमिरेले भने, ‘त्यसपछि सुरू हुन्छन् आ–आफ्ना किसिमका व्याख्या । यसबाट पार्टीलाई फुटको बाटोतर्फ उन्मुख गराउन सक्छ।’

विशेष महाधिवेशनले पार्टी विभाजनमा नगएको अवस्थामा पनि पार्टी जीवनमा द्वन्द्वको विऊ विजारोपण भने हुने उनको तर्क थियो । ‘विभाजन नभए पनि पार्टी जीवनमा अनन्त द्वन्द्वको बिऊ रोपिन्छ,’ उनले भने, ‘जसबाट मुक्ति पाउन धेरै समय कुर्नु पर्ने हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?