+
+
Shares

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित, सहमति पत्रमा गरे हस्ताक्षर

सात बुँदे सहमति गरेर भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १३:५४

२६ कात्तिक, काठमाडौं । नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल औपचारिक रुपमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।

आज सात बुँदे सहमति गरेर रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।

सहमति पत्रमा  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव भीम रावलको हस्ताक्षर छ ।

अब केहीबेरमा राष्ट्रिय सभागृहमा आयोजना हुने समारोहबाट एकताको औपचारिक घोषणा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?