२६ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको माग सम्बोधन गर्नुपर्ने भन्दै एक व्यक्तिले माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेका छन् ।
यादव सिंह नाम गरेका व्यक्तिले जेनजी आन्दोलनको माग पूरा गराउन दबाब दिने उद्देश्यले माइतीघरमा आमरण अनशन सुरु गरेका हुन् ।
जेनजीले २३ भदौको गरेको शान्तिपूर्ण आन्दोलनमा गोली हानी हत्या गर्न बाध्य पार्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरी फौजदारी कानुन बमोजिम सामूहिक हत्याका मुद्धामा कारबाही अगाडि बढाउन उनले माग राखेका छन् ।
साथै उनले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूको माग तत्काल सम्बोधन गर्नुपर्ने, जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्नुपर्ने माग राखेका छन् ।
यसैगरी राजनीतिक पद र प्रशासनिक ओहोदामा बसी अकूत आर्जन गर्नेलाई भ्रष्टाचारजन्य कसुरको दायरामा ल्याउन उच्चस्तरीय सम्पत्ति छानबिन न्यायिक आयोग गठन गर्नुपर्ने माग उनले राखेका छन् ।
यसैगरी अदालतका न्यायाधीशहरूको सम्पत्ति छानबिन र कारबाहीका लागि न्याय परिषद् मार्फत छानबिन आयोग गठन गर्नुपर्ने उनको माग छ ।
प्रतिक्रिया 4