News Summary
Generated by OK AI. Editorially reviewed.- लेम्फीले डिजिटल भुक्तानी प्लेटफर्म ईसेवा मनी ट्रान्सफरसँग साझेदारी गरी नेपालमा रेमिट्यान्स सेवा सुरु गरेको छ।
- नेपाल राष्ट्र बैंकले सम्झौता अनुमोदन गरेपछि दुवै पक्षलाई रेमिट्यान्स क्षेत्रमा सहकार्य गर्न बाटो खुल्ला भएको छ।
- लेम्फीमार्फत उत्तरी अमेरिका, युरोप, अफ्रिका, एसिया, ल्याटिन अमेरिका लगायतका देशहरूमा कम लागतमा पैसा पठाउन सकिनेछ।
२६ कात्तिक, काठमाडौं । लेम्फीको रूपमा व्यापार गर्ने राइट कार्ड पेमेन्ट सर्भिसेजले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न डिजिटल भुक्तानी प्लेटफर्म ईसेवा मनी ट्रान्सफरसँग साझेदारी गरेको छ । नेपाल राष्ट्र बैंकले सम्झौता अनुमोदन गरेसँगै दुवैलाई रेमिट्यान्सको क्षेत्रमा सहकार्य गर्न बाटो खुल्ला भएको हो ।
यो साझेदारीले उत्तरी अमेरिका र युरोप (बेलायतसहित) का नागरिकलाई कम लागत, भरपर्दो र प्रतिस्पर्धी अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्न लेम्फीलाई सक्षम बनाउने विश्वास लिइएको छ । यो सँगै लेम्फीमार्फत नेपाल, अफ्रिका, एसिया, ल्याटिन अमेरिका, युरोपका देशहरूमा पैसा पठाउन पाइने छ ।
देशको आर्थिक समृद्धिमा रेमिट्यान्सले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । एक विश्वसनीय वित्तीय सेवा प्रदायकसँगको यो साझेदारीले सेवाग्राही लाभान्वित हुने विश्वास लिइएको छ ।
‘नेपाली आप्रवासीलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य साथ जुटेको यो समझदारीलाई नेपालले स्वीकृति प्रदान गरेकोमा हामी खुसी छौं’ लेम्फीका दक्षिण एसिया प्रमुख मुहम्मद दैयान आलमले भने, ‘हामी ग्राहकलाई पहुँचयोग्य र निष्पक्ष वित्तीय सेवाहरू प्रदान गर्ने हरेक अवसरलाई स्वागत गर्दछौं ।’
यस साझेदारी पश्चात ग्राहकले केन्द्रीय बैंकद्वारा निर्धारित नियामक मापदण्डको पालनामा लेम्फीप्रति आश्वस्त हुन सक्छन् ।
अमेरिका, बेलायत, युरोप र क्यानडामा २० लाखभन्दा बढी ग्राहक भएको लेम्फीले आधुनिक प्रविधि, रणनीतिक साझेदारी र प्रमुख अधिग्रहणहरूले सुरक्षित, भरपर्दो र नवीनतम् वित्तीय सेवाहरू प्रदान गर्दै आएकाले विश्वभरका आप्रवासीहरूका लागि उपयोगी हुनेछ ।
प्रतिक्रिया 4