News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई उम्मेदवारको खर्च घटाउने व्यवस्था गर्न आग्रह गरेकी छन्।
- प्रधानमन्त्री कार्कीले मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको व्यवस्था सम्भव छ कि छैन भनेर आयोगलाई सोधिन्।
- निर्वाचन आयोगले आचारसंहिताको मस्यौदा सबै दललाई पठाइसकेको र पुन: छलफल गर्ने तयारीमा रहेको जानकारी दिएको छ।
२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले उम्मेदवारको खर्च घटाउने व्यवस्था गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको जानकारी दिएको थियो । साथै अब निर्वाचन कार्यक्रम समेत प्रकाशन गर्न लागेको बताएको छ ।
आचारसंहिताको मस्यौदा लगायतका विषयमा राजनीतिक दलहरूसँग पुन: छलफल गर्ने तयारी रहेको समेत आयोगले प्रधानमन्त्रीलाई जानकारी गराएको छ ।
त्यसपछि प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेदवारको खर्च घटाउने व्यवस्था गर्न भनेकी हुन् ।
साथै, मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कति सम्भव छ भनेर समेत आयोगका अधिकारीहरू समक्ष प्रधानमन्त्री कार्कीले चासो राखेकी छन् ।
प्रतिक्रिया 4