News Summary
Generated by OK AI. Editorially reviewed.- जगदम्बा स्टिल प्रालिले विद्युत प्राधिकरणले तोकेको विवादित १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता धरौटीबापत बुझाएको छ।
- धरौटी रकम बुझाएपछि ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत् लाइन २६ कात्तिकमा पुनः जडान गरिएको छ।
- सरकार र उद्योगीबीच सहमति अनुसार पहिलो किस्ता बुझाएपछि बिजुली जडानको काम धमाधम भइरहेको छ।
२६ कात्तिक, काठमाडौं । बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिल प्रालिले ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ बाट विवादमा विद्युत प्राधिकरणले तोकेको विवादित बक्यौता रकमको २८ किस्ताको एक किस्ताबराबरको रकम धरौटी बुझाएको छ ।
बुधवार धरौटी रकम प्राधिकरणमा तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत् लाइन बुधबार साँझ जडान गरिएको छ । जगदम्बा सबैभन्दा बढी बक्यौता विवाद रहेको उद्योग हो ।
जगदम्बाको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ विवादित बक्यौता छ । जगदम्बाले माघ २०७२ देखि वैशाख २०७५ सम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापत प्रिमियम महसुललाई २८ किस्तामा विभाजन गरी त्यसको एक किस्ताबराबरको रकम धरौटीबापत बुझाएको हो ।
जगदम्बाले ५ करोड ७२ लाख ९ हजार रुपैयाँ बुझाएको छ । सरकार र उद्योगीबीचको सहमति अनुसार धरौटी रकम बुझाएसँगै बिजुली जडानको काम धमाधम भइरहेको छ । जगदम्बाले धरौटी बुझाएपछि प्रशासनिक पुनरावलोकनमा जान पाउने माग गर्दै धरौटी बुझाएको हो ।
प्रतिक्रिया 4