News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको छ।
- केन्द्रीय बैंकले उक्त कम्पनीसँग १ करोड ४ लाख २२ हजार अमेरिकी डलरमा करार गरेको छ।
- करार सम्झौता बुधबार गरिएको र कम्पनीले नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्नेछ।
२६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले यो दरका ४२ करोड थान नोट छपाइ गर्न चिनियाँ कम्पनी छनोट गरेको छ ।
केन्द्रीय बैंकले आह्वान गरेको बोलकबोलमा सबैभन्दा कम मूल्यमा बोल गरेको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको हो ।
उक्त कम्पनीले ५० दरको नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्ने छ । त्यसका लागि केन्द्रीय बैंकले उसलाई १ करोड ४ लाख २२ हजार अमेरिकी डलरमा करार गरेको हो ।
करार सम्बन्धी सम्झौता पनि बुधबार गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4