+
+
Shares

५४ प्रतिशत घट्यो हिमालयन डिस्टिलरीको नाफा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन डिस्टिलरीको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक खुद नाफा ५४.६१ प्रतिशत घटेर ९ करोड २ लाख रुपैयाँ पुगेको छ।
  • कम्पनीको बिक्री आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासिक १ अर्ब ४८ करोडबाट यो वर्ष १ अर्ब ७ करोड रुपैयाँमा घटेको छ।
  • भारी वर्षा, बाढी, पहिरो र जेनजी आन्दोलनका कारण बिक्री आम्दानीमा असर परेको कम्पनीले जनाएको छ।

२७ कात्तिक, काठमाडौं । हिमालयन डिस्टिलरीको नाफा ५४.६१ प्रतिशत घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९ करोड २ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १९ करोड ८८ लाख रुपैयाँ थियो ।

बिक्री आम्दानी नै घट्दा कम्पनीको नाफामा असर परेको देखिन्छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४८ करोड रुपैयाँ बिक्री आम्दानी गरेकोमा यो आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७ आम्दानी गरेको छ ।

बिक्री आम्दानी उच्च दरले घटेपछि समग्र सञ्चालन आम्दानी घट्न गएको छ । पहिले सञ्चालन आम्दानी २६ करोड ४६ लाख रुपैयाँ रहेकोमा अहिले १२ करोड ५७ लाख रुपैयाँ छ ।

खुद नाफामा आएको असरले वार्षिक प्रतिसेयर आम्दानी घटेको छ । पहिले वार्षिक प्रतिसेयर आम्दानी २५.८८ रुपैयाँ रेकोमा अहिले ११.७५ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ४० पैसा छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ११५२ रुपैयाँ छ ।

पहिलो त्रैमासिक अवधिमा भएको भारी वर्षा, बाढी, पहिरो तथा जेनजी आन्दोलनका कारण बिक्री आम्दानीमा असर परेको कम्पनीले आफ्नो प्रतिवेदनमा औंल्याएको छ । कम्पनीले बजारमा कात्तिक २५ देखि नयाँ उत्पादन श्लोक ह्विस्की बजारमा ल्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?