+
+
Shares

कांग्रेसको विशेष महाधिवेशन पक्षधर आज महिला भेला गर्दै, शुक्रबार युवा भेला

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते ११:०८

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले महिला भेलाको आयोजना गरेको छ । विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले बिहीबार नयाँ बानेश्वरमा महिला भेला गर्न लागेको हो ।

कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार नयाँ बानेश्वरस्थित थापागाउँको अर्पण ब्यांक्वेट बिहान साढे ११ बजे महिला भेला सुरू हुने छ ।

विशेष महाधिवेशन पक्षधरले २९ असोजमा १४औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो ।

झण्डै एक महिनादेखि जारी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको विषयमा विवाद छ । संस्थापन पक्षले २१ फागुनका लागि तय भएको निर्वाचपछि मात्रै महाधिवशेन गर्नपर्ने बताइरहेको छ ।

कांग्रेसको संस्थापन इरत समूह भने निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ । आगामी पुसमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने इतर समूहको तर्क छ ।

विशेष महाधिवशेन पक्षधरले शुक्रबार अर्पण ब्यांक्वेटमै युवा भेलाको तयारी गरेको छ । विशेष महाधिवेशन पक्षधरले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका पोस्टअनुसार युवा भेला शुक्रबार साढे १२ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?