News Summary
Generated by OK AI. Editorially reviewed.- टिकटकले परिवारलाई किशोरकिशोरीले एप सुरक्षित प्रयोग गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न 'फ्यामिली पेयारिंग फिचर' सार्वजनिक गरेको छ।
- यो फिचरले अभिभावकलाई स्क्रीन-टाइम म्यानेजमेन्ट, डाइरेक्ट मेसेजिङ नियन्त्रण र कन्टेन्ट फिल्टर जस्ता सुविधा उपलब्ध गराउँछ।
- १६ वर्ष मुनिका प्रयोगकर्ताको डाइरेक्ट मेसेजिङ बन्द र १८ वर्ष मुनिका लागि ६० मिनेट स्क्रीन-टाइम लिमिट डिफल्ट सेट गरिएको छ।
काठमाडौं । टिकटकले परिवारलाई आफ्ना किशोरकिशोरीहरूले यो एप सुरक्षितपूर्वक प्रयोग गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न सहयोग गर्ने टुलको सेट नै सार्वजनिक गरेको छ ।
‘फ्यामिली पेयारिंग फिचर’ सुरू गरिसकेको उक्त एपले परिवार सुरक्षा र गोपनीयतामा केन्द्रित थप फिचर उपलब्ध गराएको छ । उक्त फिचरमार्फत अभिभावकले आफ्ना किशोर-किशोरीका लागि स्क्रीन-टाइम म्यानेजमेन्ट टुल्स प्रयोग गरी टाइम लिमिट सेट गर्न सक्ने भएका छन् ।
उनीहरूले दैनिक स्क्रीन-टाइम लिमिट राख्न र सेड्युल ब्रेक राख्न सक्छन् । साथै डाइरेक्ट मेसेजिङ, भिडियोमा कमेन्ट, एकाउन्ट खोज्न मिल्ने वा नमिल्ने र कसले भिडियो डाउनलोड गर्न पाउने जस्ता सेटिङहरू नियन्त्रण गर्न सक्छन् ।
उक्त फिचरअनुसा, १६ वर्ष वा सोभन्दा कम उमेरका प्रयोगकर्ताको एकाउन्टमा डाइरेक्ट मेसेजिंग स्वतः बन्द हुन्छ, अनि राति पुश नोटिफिकेसन पनि म्यूट हुन्छ ।
टिकटकले उमेरअनुसार उपयुक्त हुने कन्टेन्ट मात्र देखाउने फीडको व्यवस्था गरेको जनाएको छ । १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि ६० मिनेटको स्क्रीन-टाइम लिमिट पनि डिफल्ट रूपमा सेट हुन्छ ।
यस प्रणालीले किशोरका लागि अनुपयुक्त मानिएका कन्टेन्ट छानेर हटाउँछ र प्रयोगकर्ता सही उमेर समूहमा छन् कि छैनन् भन्ने सुनिश्चित गर्न प्रविधिको प्रयोग गर्छ ।

अभिभावकले बच्चाको प्राइभेसी सेटिङ हेर्न सक्छन् । बच्चाले पब्लिक भिडियो पोस्ट गरेमा नोटिफिकेसन पनि पाउँछन् । यी टुलले अनलाइन व्यवहार, स्वस्थ स्क्रीन-टाइम र उनीहरूले हेरेको कन्टेन्टको उपयुक्तताबारे परिवारबीच संवाद बढाउन मद्दत गर्छ ।
‘यी टुल केवल प्यारेन्टल कन्ट्रोलका लागि होइनन्, बरू किशोर–किशोरीले अनुशासित र जिम्मेवार डिजिटल बानीको विकास गर्न परिवारसँग संवाद सुरु गर्ने माध्यम हुन्’ टिकटकले भनेको छ ।
प्रयोगकर्ताको कल्याणलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता अन्तर्गत टिकटकले यस वर्षको सुरुवातमा गाइडेड मेडिटेसन नामक नयाँ इन-ऐप सुविधा सार्वजनिक गर्यो, जसको उद्देश्य सबै उमेरका मानिसलाई माइन्डफुलनेस अभ्यास सजिलै उपलब्ध गराउनु रहेको जनाइएको छ ।
यो सुविधा हाल कायम रहेको ‘स्लिप आवर्स’ सेटिङसँग जोडिएको छ, र रातिको समयमा प्रयोगकर्तालाई शान्त र मार्गदर्शित अभ्यासमार्फत विश्राम गर्न प्रोत्साहित गर्छ, जसले राम्रो निद्रा र भावनात्मक सन्तुलन कायम राख्न सहयोग गर्छ ।
स्वस्थ स्क्रिन-टाइम बानीको विकास गर्न १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तामा यो सुविधा स्वतः सक्रिय हुन्छ, र राति १० बजेपछि फर यू फीडको ठाउँमा मेडिटेसनको सुझाव देखिन्छ । वयस्कले यो विकल्प स्क्रिन टाइम सेटिङमार्फत आफैं सक्रिय गर्न सक्छन् ।
यी टुलमार्फत, टिकटकले किशोर र वयस्क दुबैलाई व्यक्तिगत दिनचर्या बनाउन सहयोग गर्ने लक्ष्य राखेको छ, जसले मनोरञ्जनलाई अधिकतम बनाउँछ र लामो समय स्क्रीन प्रयोगका कारण हुन सक्ने नकारात्मक असरलाई कम गर्दछ ।
टिकटकका यी नयाँ सुधारहरू पहिले नै रहेको सुरक्षा संरचनामा थपिएको हो, जसमा किशोरको सुरक्षाका लागि ५० भन्दा बढी सुरक्षा उपाय छन् । जस्तै, उमेरअनुसारको कन्टेन्ट फिल्टर, स्क्रीन–टाइम लिमिट र सीमित मेसेजिङ सुविधा ।
प्रतिक्रिया 4