News Summary
Generated by OK AI. Editorially reviewed.- नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक आठ वर्षे ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ।
- ऋणपत्रको वार्षिक ब्याजदर ७ प्रतिशत र अंकित मूल्य १ हजार रहेको छ।
- नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।
२७ कात्तिक, काठमाडौं । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।
आठ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ । १ हजार अंकित मूल्यका दरले ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको यस ऋणपत्र दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको बैंकले जानकारी दिएको छ । ऋणपत्र रजिष्ट्रार सेवासम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।
नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरीका २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रका नवीनतम सेवामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
प्रतिक्रिया 4