+
+
Shares

सभामुखविरुद्ध प्रस्ताव दर्ता गर्न पुगेका सांसदहरू उपसभामुखको कार्यकक्षमा थुनिए

पद अनुकूल आचारण नगरेको प्रस्ताव दर्ता गराएर निस्कन खोज्दा दुई पक्षबीच झडप समेत भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १९:१३

२७ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका सभामुखले पद अनुकूल आचारण नगरेको प्रस्ताव दर्ता गर्न पुगेका सात राजनीतिक दलका सांसदहरू उपसभामुखको कार्यकक्षमा थुनिएका छन् । उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा सभामुख रामचन्द्र मण्डल र नेकपा एमालेका नेता-कार्यकर्ताहरूले उनीहरूलाई थुनेका हुन् ।

पद अनुकूल आचारण नगरेको प्रस्ताव दर्ता गराएर निस्कन खोज्दा दुई पक्षबीच झडप समेत भएको छ ।

झडपका क्रममा जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, लोसपाका प्रदेश सांसद उपेन्द्र महतो, जसपा नेपालका सांसद राजकुमार गुप्तामाथि हातपात भएको छ ।

प्रदेश सांसद महतोले आफूहरू सभामुखविरुद्ध प्रस्ताव दर्ता गराएर निस्किने बेला सभामुखसहित उनका कार्यकर्ताले हातपात गरेको आरोप लगाएका छन् ।

गत शनिबार तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने बेला सभामुख मण्डलले तटस्थ भूमिका नखेलेको भन्दै नेपाली कांग्रेससहितका सात दल मण्डललाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएका थिए ।

सभामुख मण्डल एमालेबाट सभामुख बनेका थिए । पछिल्लो घटनाक्रम सभामुख मण्डल र एमलेकै कोटाको प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कारण निम्तिएको भन्दै सात दल रुष्ट छन् ।

सभामुखले एमालेको भएको कारण सत्तापक्षीय दलहरू छलफल गरिरहेकै बेला सभामुख मण्डलले सदनको कामकारबाही अगाडि बढाएको र बाध्य भएर तत्कालीन मुख्यमन्त्री सोनलले राजीनामा दिनु परेको सात दलीय गठबन्धनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?