+

राष्ट्रिय टोलीबाट दिपेश र आदित्यको डेब्यू

२०८२ कात्तिक  २७ गते २१:४४ २०८२ कात्तिक २७ गते २१:४४
राष्ट्रिय टोलीबाट दिपेश र आदित्यको डेब्यू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय फुटबल टोलीबाट मिडफिल्डर दिपेश गुरुङ र आदित्य शाक्यले बिहीबार बंगलादेशसँगको खेलमा डेब्यू गरेका छन्।
  • दिपेशले ६०औं मिनेटमा आयुष घलानको स्थानमा र आदित्यले ८६औं मिनेटमा मणि लामाको स्थानमा मैदान प्रवेश गरेका थिए।
  • नेपालले बंगलादेशसँग २-२ गोलको बराबरी खेलेको छ।

२७ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीबाट मिडफिल्डरद्वय दिपेश गुरुङ र आदित्य शाक्यले डेब्यू गरेका छन् ।

बिहीबार भएको बंगलादेशसँगको खेलमार्फत ६०औं मिनेटमा आयुष घलानको स्थानमा दिपेश मैदान प्रवेश गरेका थिए । यस्तै ८६औं मिनेटमा मणि लामाको स्थानमा आदित्य मैदान प्रवेश गरेका थिए ।

नेपालका लागि उमेर समूहबाट खेलिसकेका दिपेश पहिलोपटक सिनियर टोलीमा परेका थिए ।

यस्तै आदित्य शाक्य नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीबाट खेल्दै आएका छन् ।

खेलमा नेपालले बंगलादेशसँग २-२ गोलको बराबरी खेलेको छ ।

आदित्य शाक्य दिपेश गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय