+
+
Shares

संसद विघटन असंवैधानिक छ, तत्काल पुनःस्थापना हुनुपर्छ : सभामुख

रासस रासस
२०८२ कात्तिक २८ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैरसंवैधानिक, गैरकानुनी र अप्रजातान्त्रिक कदम भनेका छन्।
  • घिमिरेले संसद् पुनःस्थापना नै मुलुकको राजनीतिक अस्थिरताको समाधान र वैधानिक विकल्प भएको बताए।
  • उनले सर्वोच्च अदालतले संसद् पुनःस्थापनासम्बन्धी मुद्दामा चाँडो सकारात्मक फैसला गर्ने अपेक्षा व्यक्त गरे।

२८ कात्तिक, झापा । सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैरसंवैधानिक, गैरकानुनी र अप्रजातान्त्रिक कदमका रूपमा व्याख्या गर्दै यसको तत्काल पुनर्स्थापना आवश्यक रहेको बताएका छन् ।

झापाको बिर्तामोडस्थित आफ्नो निजी निवासमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले मुलुकको वर्तमान राजनीतिक अस्थिरताको समाधान संसद् पुनःस्थापना नै एक मात्र वैधानिक विकल्प भएको धारणा राखे ।

‘संविधानको दायराभन्दा बाहिर गएर गरिएको संसद् विघटनले मुलुकलाई अनिश्चिततातर्फ धकेलेको छ,’ उनले भने । अहिलेको पहिलो आवश्यकता संसद् पुनःस्थापना भएको र त्यही नै वैधानिक बाटो भएको उनको भनाइ थियो ।

सभामुख घिमिरेले संसद् पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चाँडो सुनुवाइ गर्दै कानुनी, व्यावहारिक तथा राष्ट्रिय आवश्यकताका आधारमा सकारात्मक फैसला गर्ने अपेक्षा व्यक्त गरे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?