+
+
Shares

जेनजी आन्दोलनमा कालिमाटीमा तोडफोड र आगजनी गर्ने एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १७:३३

२८ कात्तिक, काठमाडौं । जेनजी प्रदर्शनका नाममा कालिमाटी तरकारी बजारभित्रको सरकारी संरचना तोडफोड तथा आगजनी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ टंकेश्वर बस्ने ४३ वर्षीय राजेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गत भदौ २४ गते जेनजी प्रदर्शनका नाममा कालिमाटी तरकारी बजारभित्रको सरकारी संरचनामा तोडफोड र आगजनी गर्ने श्रेष्ठलाई बिहीबार दिउँसो टंकेश्वरबाटै प्रहरी वृत्त कालिमाटीको टोलीले नियन्त्रणमा लिएको परिसररका सूचना अधिकारी एवं एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।

पक्राउ परेका श्रेष्ठविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंबाट पाँच दिनको म्याद लिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?