३० कात्तिक, हुम्ला । कर्णाली करिडोर अन्तर्गत पर्न ज्ञाने ओढार ढुंगा चर्किएर खस्दा सडक अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–१ को ज्ञाने ओढारको ढुंगा चर्किएर खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि हुम्ला–सुर्खेत, हुम्ला– नेपालगन्ज नेपालगन्ज हुम्ला, सुर्खेत हुम्ला आउजाउ बन्द भएको अस्थायी प्रहरी पोष्ट तुम्चले जनाएको छ । आइतबार १ बजेर २० मिनेटको समयमा सडकखण्ड अवरुद्ध भएको अस्थायी प्रहरी पोष्ट तुम्चका प्रहरी सहायक निरिक्षक जंगबहादुर थापाले बताए ।
सडक अवरुद्ध हुदाँ यातायात ठप्प भएको उनले बताए । ठूला ढुंगाहरू खसेका छन् भने ढुंगा पन्छाउन कठिन भएको थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4