३० कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफूहरूले बनाएको पार्टी सबै पुस्ताको पार्टी भएको बताएका छन् ।
आइतबार नवगठित नेपाली कम्युनिस्ट पार्टीको पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक पेरिसडाँडामा बसेको थियो । बैठकपछि नेता खनालले यस्तो बताएका हुन् ।
उनलाई पत्रकारहरूले सोधेका थिए, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले तपाईंहरूलाई वृद्धहरूको पार्टी भन्नुभयो नि ।’
जवाफमा खनालले नेपाली कम्युनिस्ट पार्टी सिंगो जनताको हितमा लड्ने पार्टी भएको बताए । सर्वहारा श्रमिक वर्गको पार्टी बनाएको उनले बताए ।
‘यो बुढापाकाहरूको मात्रै पार्टी होइन । यो युवाहरूको पार्टी पनि हो, बच्चाहरूको, महिलाहरू, पुरुषहरू सबै आम जनताको पार्टी हो,’ नेता खनालले भने, ‘यो पार्टीलाई कसैले पनि बुढापाकाको पार्टी नभने हुन्छ । बरु आफ्नो अनुहार ऐनामा हेर्नु सबैभन्दा राम्रो हुन्छ ।’
प्रतिक्रिया 4