+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

सिद्धार्थ बैंक ओके एनपीएल बज: बल-बाई-बलको अपडेट, विज्ञको विश्लेषण

एनपीएलको दोस्रो संस्करण यस मानेमा पनि ऐतिहासिक छ कि पहिलोपटक नेपालमा फ्लड लाइटमूनि यो प्रतियोगिता आयोजना हुँदैछ। भर्खरै निर्माण सम्पन्न भएको प्यारापिटसहितको भव्य रंगशालामा बसेर दर्शकले खेलको आनन्द लिनेछन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण नेपालमै प्लड लाइटमुनि पहिलोपटक आयोजना हुँदैछ।
  • एनपीएल दोस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज आमने-सामने हुँदैछन्।
  • एनपीएल सिजन-२ ले २३ र २४ भदौमा भएको घटनाबाट पीडित नेपाली समाजलाई खेलकुद मार्फत् मनोबल बढाउने अपेक्षा गरिएको छ।

१ मंसिर, काठमाडौं । नेपाली समाजलाई एकसूत्रमा केहीले बाध्दै आएको छ भने त्यो ‘खेलकुद’ हो । खेलकुदका विधाहरूमध्ये ‘क्रिकेट’ यस्तो विधा हो, जसले कयौंपटक नेपालीका दुखेका मनहरूका मल्हम लगाएको छ।

२३ र २४ भदौको जेन–जी प्रदर्शनका दौरान ७६ नेपालीले ज्यान गुमाए। नेपाली समाज अहिले पनि त्यो बियोगको पीडामा छ । यति बेला नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण सुरु हुँदैछ।

बहुप्रतीक्षित यो प्रतियोगिताले त्यो पीडा कम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। एनपीएलको दोस्रो संस्करणका खेल प्रारम्भ हुनुअघि देखिएको उत्साहले यसको संकेत गरेको छ।

अझ, सिद्धार्थ बैंकद्वारा प्रायोजित (एनपीएल) को दोस्रो संस्करण यस मानेमा पनि ऐतिहासिक छ कि पहिलोपटक नेपालले आफ्नो मैदानमा प्लड लाइटमूनि यो प्रतियोगिता आयोजना हुँदैछ। भर्खरै निर्माण सम्पन्न भएको प्यारापिटसहितको भव्य रंगशालामा बसेर दर्शकले खेलको आनन्द लिनेछन्।

यसलाई खेल क्षेत्रका विज्ञले नेपाली क्रिकेटको नयाँयुगको संज्ञा दिएका छन्।

यो ऐतिहासिक खेलको पलपलको खबर अनलाइनखबरबाट प्राप्त सकिनेछ, सिद्धार्थ बैंक प्रिजेन्स ओके एनपीएल बजमार्फत्।

सिंगो देशले प्रतीक्षा गरिरहेको एनपीएल दोस्रो संस्करणको बल–बलको अपडेटका लागि अनलाइनखबरको होमपेजमा गएपछि खेलकुद टाइटलमा क्लिक गर्नुपर्नेछ। त्यहाँ तपाईंले बल वाइ बल अपडेट पाउनुहुनेछ। त्यसअलावा भिडियोलगायतका अन्य सामग्रीहरू पनि हेर्न र पढ्न पाउनुहुनेछ।

आजको खेल कस्तो होला ? प्रतिस्पर्धी टिमका बलियो र कमजोर पक्ष के–के छन् ? प्लेइङ ११ मा को–को पर्लान् ? कुन टिमले कति स्कोर लर्गा ? कुन खेलाडीले कस्तो प्रदर्शन गर्ला ? जस्ता प्रश्नका सम्भावित उत्तर विज्ञहरूबाट खोज्नेछौं ।

उद्घाटन खेलमा सोमबार डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमान्डु आमनेसामने हुनेछन्।

विराटजंग रायमाझीले होस्ट गर्ने प्रिम्याच रिभ्युमा आज हामीसँग नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व विकेटकिपर–ब्याट्सम्यान मनोज वैश्य हुनुहुन्छ।

आउनुहोस्, प्रिम्याच रिभ्यूमार्फत आजको खेलको समग्र विश्लेषण गरौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?