+

एलओडी क्लब एनपीलको इन्टरटेनमेन्ट पार्टनर

२०८२ मंसिर  १ गते १७:२७ २०८२ मंसिर १ गते १७:२७
एलओडी क्लब एनपीलको इन्टरटेनमेन्ट पार्टनर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको छ।
  • एलओडी क्लबका सिइओ रविन श्रेष्ठ र क्रिकेट एशोसिएसनका सचिव पारस खड्काले सम्झौता गरेका थिए।
  • एलओडी क्लबले खेल अवधिभर म्युजिक प्ले गर्ने र खेलाडीलाई विशेष कार्यक्रम गरेर स्वागत गर्नेछ।

काठमाडौँ- एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको छ । आजबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरू भएको एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो ।

आइतबार एक कार्यक्रम गरेर क्लबका सीइओ रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरेका थिए ।

एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका सिइओ श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेल भइरहेको समय क्लबका डिजेहरूले ‘म्युजिक’ प्ले गर्ने छन् । क्लबका डिजेहरूले क्रिकेट रंगशालाको बुथमा बसेर म्युजिक प्ले गर्ने छन् ।

‘प्रत्येक खेलका खेलाडीहरूलाई विशेष कार्यक्रम गरेर क्लबमा स्वागत गरिन्छ’ उनले भने, ‘खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गराउन क्लबले जिम्मेवारी पाएको छ ।’

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय