+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १९:१४

१ मंसिर, काठमाडौं । एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

लक्ष्य भेटाउन काठमाडौंका बेन चार्ल्सवर्थले ४६,  आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जोन सिम्पसनले १३ रनको योगदान गरे ।

जनकपुरका किशोर महतो, अनिल साह, ललित राजवंशी र निकोल लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको थियो । जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए । मयन यादवले ३४ र लाहिरु समारकूनले २२ रन बनाए । अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

काठमान्डौंका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करणा केसीले एक/एक विकेट लिए ।

एनपीएलको इतिहासमा पहिलोपटक फ्लडलाइटमा खेल भएको हो । अन्य खेलहरु पनि दिनमा र रातमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?