+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
कर्णाली याक्स 2025
124/1 (15.3)
Shares

एमाले संसदीय दलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १०:१९

२ मंसिर, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । विघटित प्रतिनिधिसभाका सांसदहरूसहित दलको बैठक बस्न लागेको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा दिउँसो १ बजे बोलाइएको छ । नेताहरूका अनुसार पछिल्लो राजनीतिक परिस्थिति, प्रतिनिधिसभा विघटन र पार्टीले लिने आगामी नीतिका सम्बन्धमा छलफल हुनेछ ।

गत २७ भदौमा प्रतिनिधि सभा विघटन भएको थियो । त्यसपछि एमालेले पहिलो पटक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित संसदीय दलको बैठक राखेको हो ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि प्रतिनिधि सभाबाट सरकार बन्ने अवस्था नरहेको भन्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार बनाइएको थियो ।

अन्तरिम सरकारको सफारिसमा गत २७ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनमा प्रतिनिधि सभाको चुनावको मिति तोकेका छन् । सरकार र निर्वाचन आयोग निर्वाचनको तयारीमा छ । सरकारले आवश्यक पर्ने बजेट विनियोजन गरिसकेको छ भने निर्वाचन आयोगले आगामी माघ ६ गते उम्मेदवारी दर्तासहितको निर्वाचन कार्यतालिका तय गरिसकेको छ ।

मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय छ । यो पृष्ठभूमिमा एमालेले विघटित प्रतिनिधि सभा संसदीय दलको बैठक बोलाएको हो ।

एमालेले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै आएको छ र पुर्नस्थापनाको माग राख्दै आएको छ । प्रतिनिधि सभा पुर्नस्थापनाको पक्षमा विघटित प्रतिनिधि सभा सदस्यहरूको हस्ताक्षर समेत संकलन गरेको छ ।

नेताहरूका अनुसार एमालेका ३२ जना र कांग्रेसका ४६ जनाले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा भनेर हस्ताक्षर गरिसकेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई कसरी अगाडि बढाउने भनेर नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग निरन्तर संवाद समेत गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?