+
+
WC Series
चितवन राइनोज 2025
40/2 (5.3)
VS
८७ बलमा १२७ रन आवश्यक
कर्णाली याक्स 2025
166/3 (20)
Shares

दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा

प्रसाईं पक्राउपछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्नसक्ने भन्दै उपत्यकाको सुरक्षा थप चुस्त बनाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १२:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको छ।
  • प्रसाईं पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको छ र तीनवटै जिल्ला प्रहरी परिसरलाई निर्देशन दिइएको छ।
  • प्रसाईंलाई भद्रकालीस्थित हिरासतमा राखिएको छ र आजै अदालतमा उपस्थित गराएर म्याद लिएर अनुसन्धान गर्ने तयारी छ।

२ मंसिर, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईं मध्यराति पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको छ ।

प्रसाईं पक्राउपछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्नसक्ने भन्दै उपत्यकाको सुरक्षा थप चुस्त बनाइएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीनवटै जिल्ला प्रहरी परिसरलाई निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पार्न भनेको छ । सोहीअनुसार अहिले सडकमा बाक्लो रूपमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईं पक्राउ परेपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आजै प्रदर्शन गर्ने बताएका थिए । त्यसपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । सोही अनुसार तयारी पनि तिव्र पारेका थिए । तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो ।

अहिले प्रसाईंलाई परिसरको भद्रकालीस्थित हिरासतमा राखिएको छ । प्रसाईंलाई आजै अदालत उपस्थित गराएर म्याद लिएर अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?