+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
कर्णाली याक्स 2025
114/1 (14.5)
Shares

प्रहरीले दुर्गा प्रसाईंलाई भेट्न दिएन, कानुन व्यवसायीले भने- संविधानको उल्लंघन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते ११:५४

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई भेट्न गएका कानुन व्यवसायीलाई प्रहरीले भेट्न नदिई फर्काएको छ ।

गएराति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ । आज बिहान उनका कानुन व्यवसायीहरु प्रसाईंलाई भेट्न प्रहरी परिसर पुगेका थिए ।

तर प्रहरीले ‘माथिको आदेश’ भन्दै भेट्न नदिएको अधिवक्ता विनोदमणि भट्टराईले जानकारी दिए ।

‘प्रहरीले हामी कानुन व्यवसायीलाई माथिको आदेश भन्दै भेट्न दिएन,’ अधिवक्ता भट्टराईले अनलाइनखबरसँग भने, ‘यो संवैधानिक अधिकार विपरीत छ । र, यससम्बन्धमा नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।’

संविधानको धारा २० को उपधारा २ मा ‘पक्राउ परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानुन व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानुन व्यवसायीद्वारा पुर्पक्ष गर्ने हक हुने’ उल्लेख छ । त्यस्तो व्यक्तिले आफ्नो कानुन व्यवसायीसँग गरेको परामर्श र निजले दिएको सल्लाह गोप्य रहनेछ व्यवस्था समेत छ ।

तर शत्रु देशको नागरिकको हकमा भने यो उपधारा लागू नहुने संविधानमा उल्लेख छ ।

दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरुले बताएका छन् ।

प्रसाईंलाई २४ घण्टाभित्र रिहाइको माग गर्दै उनीहरुले आज दिउँसो १:३० बजे सिडिओ कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नागरिक बचाउ दलका अध्यक्ष माधव प्रसाद खतिवडाले (माधव कल्पित) ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?