News Summary
Generated by OK AI. Editorially reviewed.- मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरी वृत्त महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ।
- बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले प्रहरी कार्यालय प्रमुख निरन्जन थापालाई मोटरसाइकल हस्तान्तरण गरे।
- बैंकले यस सहयोगले समाजमा शान्ति सुरक्षा र सुशासन कायम राख्न मद्दत पुग्ने बताएको छ।
३ मंसिर, काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरी वृत्त महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।
एक कार्यक्रम बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले नेपाल प्रहरी वृत्त महराजगञ्जका कार्यालय प्रमुख निरन्जन थापालाई दुई थान मोटरसाइकल हस्तान्तरण गरे ।
यो सहयोगले नेपाल प्रहरी मार्फत समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, संवेदनशील स्थानको निगरानी गरी समयमै सूचना संकलन गर्ने र देशमा सुशासन कायम राख्ने कार्यमा सहयोग पुग्ने बैंकको भनाइ छ ।
नेपाल प्रहरी अग्रपंक्तिमा रहेर नागरिक सुरक्षामा खटिने भएकाले यस सहयोगबाट कार्यसम्पादनलाई केही सहज बनाउन सहयोग पुग्ने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4