+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताबीच बाराको सिमरामा झडप भएको छ जसले विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ।
  • झडपपछि सिमरास्थित विमानस्थलको गेट प्रदर्शनकारीले भत्काइदिएका छन् र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
  • एमाले महासचिव शंकर पोखरेल र पोलिट्ब्युरो सदस्य महेश बस्नेत सिमरा आउँदै गर्दा झडप भएको र नेताहरू विमानस्थलभित्रै रोकिएका छन्।

३ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडप भएको छ  ।

झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ  । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन्  । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले जानकारी दिए  ।

नेकपा एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो  । कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले महासचिव शंकर पोखरेल, एमाले पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत सिमरा आउँदै थिए ।

युवा भेला आयोजना गरेको थाहा पाएपछि बाराका केही युवाले कार्यक्रम बिथोल्ने गरी जेनजीको प्रदर्शनका लागि आह्वान गरेका थिए । सोही कारण बुधबार बिहानैदेखि सिमरा क्षेत्रमा युवाहरू जम्मा हुँदै थिए ।

अर्कोति, काठमाडौंबाट आउन लागेका पार्टी महासचिव लगायतका नेतालाई स्वागत गर्न एमाले बाराका नेताहरू पनि विमानस्थलतर्फ जाँदै गर्दा बाटोमा दुवै पक्षबीच वादविवाद भएको थियो  । त्यसक्रममा एमालेका एक नेताले एक युवालाई थप्पड हानेपछि स्थिति तनावग्रस्त बनेको स्थानीयले बताएका छन् ।

त्यसपछि आक्रोशित युवाहरू विमानस्थल पुगेर तोडफोड सुरु गरेका थिए।

त्यहाँको स्थिति अहिले पनि तनावग्रस्त छ। काठमाडौंबाट आउने भनिएका नेता रोकिएका छन् । एमालेका नेताहरू निवर्तमान सांसदहरू किशान श्रेष्ठ, अच्युत मैनाली, ज्वाला साहलगायतका नेता विमानस्थलभित्रै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?