+
+
Shares

तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाखभन्दा बढी क्षति

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति भएको आगलागीले चार घर पूर्ण रूपमा नष्ट हुँदा रु एक करोड १८ लाखभन्दा बढीको क्षति भएको हो ।

रासस रासस
२०८२ मंसिर ३ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् र रु एक करोड १८ लाखभन्दा बढी क्षति भएको छ।
  • प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार राजकुमार लिम्बूको रु ५० लाख, इन्द्रकुमार लिम्बूको रु ४३ लाख, अनिल लिम्बूको रु २० लाख र विष्णुप्रसाद लिम्बूको रु पाँच लाख बराबरको क्षति भएको छ।
  • आगलागी राति भएको र दमकल तथा पानीको अभावले क्षति बढेको स्थानीयले बताएका छन् भने आगो बिहान ५:३० बजे मात्र नियन्त्रणमा आएको थियो।

३ मंसिर, ताप्लेजुङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड १८ लाखभन्दा बढी क्षति भएको छ ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति भएको आगलागीले चार घर पूर्ण रूपमा नष्ट हुँदा रु एक करोड १८ लाखभन्दा बढीको क्षति भएको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार स्थानीय इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको व्यावसायिक घरहरू जलेर पूर्ण रूपमा नष्ट भएका हुन्।

प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी राजकुमारको रु ५० लाख बराबरको क्षति पुगेको छ । त्यस्तै, इन्द्रकुमारको रु ४३ लाख, अनिलको रु २० लाख र विष्णुप्रसादको रु पाँच लाख बराबरको क्षति भएको प्रशासनले जनाएको छ।

आगलागीका कारण इन्द्रकुमारको घरमा डेरा गरी बस्ने दोर्ची शेर्पाको २५ मन अलैँची पनि जलेर नष्ट भएको प्रजिअ सेढाईंले जानकारी दिए । उनका अनुसार दुई वटा मोटरसाइकल, सुनचाँदी, नगद, पशुचौपाया, लत्ताकपडा, खाद्यान्नसहित आवश्यक कागजातसमेत जलेर नष्ट भएका छन्।

रातिको समय भएकाले सामग्री निकाल्न नसकिएको र आगो नियन्त्रणका लागि दमकल तथा पानीको अभाव हुँदा क्षति बढेको स्थानीयले बताएका छन् ।

बिहान ५:३० बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । पार्किङमा राखिएको मोटरसाइकलबाट आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिएको भए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?