+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका खारेज गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका, २०६६ खारेज गर्न सिफारिस गरेको छ।
  • जापानले सन् २०१७ देखि नयाँ कार्यक्रम ल्याएपछि उक्त निर्देशिकाको औचित्य नभएको भन्दै मन्त्रालयले खारेज सिफारिस गरेको हो।
  • निर्देशिका खारेज भएपछि सबै म्यानपावर व्यवसायीले कामदार पठाउन पाउने व्यवस्था गर्न मन्त्रालयले तयारी गरिरहेको छ।

३ मंसिर, काठमाडौं । ‘जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका, २०६६’ खारेज गर्न सिफारिस गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको समितिले निर्देशिका खारेज गर्न सिफारिस गरेको हो ।

मन्त्रालयले यो विषयमा अध्ययन गर्न सह–सचिव पिताम्बर घिमिरेको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले निर्देशिका खारेज गर्न सिफारिस गरेको हो ।

मन्त्रालयका एक अधिकारीका अनुसार जापानले सन् २०१७ देखि नयाँ कार्यक्रम ल्याएकाले यो निर्देशिकाको औचित्य नभएको भन्दै खारेज गर्न सिफारिस गरेको हो । अब मन्त्रीस्तरीय निर्णयबाट निर्देशिकाबारे निर्णय हुने ती अधिकारीको भनाइ छ ।

नेपालले जापानमा प्राविधिक अभ्यासार्थी कामदार पठाउने निर्देशिका २०६६ अन्तर्गत नै रहेर कामदार पठाउँदै आएको छ । म्यानपावर व्यवसायीहरूले यो निर्देशिका खारेज गरी सबै व्यवसायीले कामदार पठाउन पाउनुपर्ने माग गर्दै आएका थिए ।

मन्त्रालयले २०६६ सालमा जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका जारी गरेको थियो । सोही आधारमा जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपाली श्रमिकलाई जापानमा काम गर्न पठाउने गरी निर्देशिका बनेको थियो ।

जिट्को अन्तर्गत सूचीकृत भएका म्यानपावर व्यवसायीहरूले कामदार पठाउने गरेका थिए । जुन जापान सरकारले सन् २०१७ मा नै खारेज गरिसकेको थियो । सन् २०१७ मा जिट्को खारेज गरेर टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम (टीआईटीपी) मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने गरिएको थियो । जापानले यो समेत खारेज गरी सन् २०२७ देखि इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट (ईएसडी) कार्यक्रम ल्याउँदैछ ।

सोही ईएसडी अन्तर्गत कामदार लैजाने तयारी जापानको छ । तर, नेपालमा हालसम्म पनि जिट्को अन्तर्गत टीआईटीपी मार्फत नै कामदार पठाउने गरिएको छ ।

निर्देशिका खारेज गरेर सबै म्यानपावर व्यवसायीमार्फत कामदार पठाउने पाउने व्यवस्था मन्त्रालयले गर्न लागेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?