+
+
Shares

हुम्लाका आगलागी पीडितलाई राहत सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १३:३९

३ मंसिर, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका -४ माझ गाउँका आगलागी पीडितलाई राहत सामग्री उपलब्ध गराइएको छ ।

आगलागी पीडित शोभनकुमार रावत र कमल रावतलाई झन्डै ६० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराइएको हो ।

गत २६ कात्तिक बेलुका रावतको घरमा आगलागी भएको थियो । आगलागीबाट उनको ४ जनाको परिवार बिचल्लीमा परेका थिए ।

गुड नेवर्स इन्टरनेसनल नेपाल र कर्णाली एकृकीत ग्राामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले पीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाडाँकुँडासहित राहत सामग्री उपलब्ध गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?