+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
70/5 (12.6)
Shares

अब कुनै जेनजी आगो लगाउन आए राम्रै सम्झाएर प्रहरीलाई बुझाउँछौं : ओली

ओलीले भने, ‘अब कुनै जेनजी आगो लगाउन आउने छैन । आगो लगाउन आयो भने राम्रै सम्झाइबुझाइ गरेर प्रहरीलाई बुझाउँछौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १५:२९

३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै जेनजीहरू आगो लगाउन नआउने दाबी गरेका छन् । कोही आगजनी गर्न आएको खण्डमा राम्रैसँग सम्झाइबुझाइ गरेर प्रहरीलाई बुझाउने ओलीको भनाइ छ ।

काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले फोनमार्फत समेत राजीनामा गर भन्दै धम्की आउने गरेको बताए । साथै, घरमा आगजनी गराउने चेतावनी समेत आउने गरेका भन्दै त्यस्ता व्यक्ति अराजक र अपराधिक काम गर्ने मान्छे भएको जिकिर गरे ।

उनले अपराधी र राक्षस प्रवृत्तिको अन्त्यका लागि बोल्नका लागि नेता कार्यकर्तालाई निर्देशन दिए ।

‘हामी अब देशलाई, नेकपा एमाले छ नि । अरु कोही बोल्छ कि बोल्दैन, छाडिदिउँ । तर हामी छौं नि । नेकपा एमाले छ नि । हामीले आफू संगठित हुनुपर्‍यो । सत्यको पक्षमा दृढताका साथ बोल्ने, उभिनु पर्‍यो,’ ओलीले भने, ‘अब कुनै जेनजी आगो लगाउन आउने छैन । आगो लगाउन आयो भने राम्रै सम्झाइबुझाइ गरेर प्रहरीलाई बुझाउँछौं ।’

उनले डेरामा बस्ने नेताहरूको घरबेटीलाई समेत फोन गरेर आगो लगाउने चेतावनी भइरहेको बताए ।

‘फोनबाट समेत राजीनामा गर, तेरो घरमा आगो लगाउँछु भन्दैछ । कोही डेरामा बस्दैछ भने घरबेटीलाई फोन गरेर त्यो मान्छे निकाल नत्र आगो लगाइदिन्छु भन्दैछ । त्यो कुनै मान्छे हो ?,’ ओलीले भने, ‘त्यो अपराधी हो । राक्षस हो । उसको मानसिकता नै भाडामा अपराधिक काम गर्ने मान्छे हो । यो राक्षस प्रवृत्ति नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?