+

नेपाल गल्फ क्लबलाई खेल सामाग्री हस्तान्तरण

२०८२ मंसिर  ३ गते २३:३० २०८२ मंसिर ३ गते २३:३०
नेपाल गल्फ क्लबलाई खेल सामाग्री हस्तान्तरण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल गल्फ क्लबलाई अत्याधुनिक ग्रीन–कटर मेसिन र पानी तान्ने मेसिन उपलब्ध गराएको छ।
  • राखेपका सदस्य–सचिव टंकलाल घिसिङले अष्ट्रेलियामा निर्मित होन्डा मोडलका मेसिनहरू बुधबार हस्तान्तरण गरेका छन्।
  • उपकरणले गल्फ मैदानको गुणस्तर सुधार गरी खेलाडी अभ्यास र प्रतियोगिताका लागि राम्रो वातावरण बनाउने बताइएको छ।

३ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल गल्फ संघ मार्फत नेपालमा गल्फ खेलको पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन नेपाल गल्फ क्लबलाई बुधबार अत्याधुनिक ग्रीन–कटर मेसिन उपलब्ध गराएको छ ।

अष्ट्रेलियामा निर्मित होन्डा मोडलका ग्रीन–कटर मेसिन एक थान र पानी तान्ने मेसीन एक थान राखेपका सदस्य–सचिव टंकलाल घिसिङले हस्तान्तरण गरे ।

उपकरणले मैदानको गुणस्तर सुधार गर्ने, खेलाडीहरूलाई अभ्यास तथा प्रतियोगिताका लागि अझ राम्रो वातावरण उपलब्ध गराउने तथा गल्फ पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने बताइएको छ ।

खेल सामग्री नेपाल गल्फ क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय