४ मंसिर, काठमाडौं । जनता दल यूनाइटेड (जेडीयू) का नेता नितिश कुमार भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री बन्दैछन् ।
उनले आज १० औं पटक बिहारको मुख्यमन्त्री पदको शपथ लिने भएका छन् । उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
नितिश कुमार बुधबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) विधायक दलको बैठकबाट नेता चुनिएका थिए ।
बैठकले नेता चयन गरेपछि बुधबार बेलुकी उनले बिहारका राज्यपाल आरिफ मोहम्मद खानसँग भेटवार्ता गरेका थिए ।
बिहारमा नयाँ एनडीए सरकारको शपथ ग्रहण समारोह पटनाको गान्धी मैदानमा हुने छ । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुने छन् ।
शपथ ग्रहण समारोहमा सहभागी हुन केन्द्रीय गृहमन्त्री अमित शाह बुधवार बेलुकी नै पटना पुगिसकेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4