News Summary
Generated by OK AI. Editorially reviewed.- बाराको सिमरामा जेनजी युवाको प्रदर्शनका कारण फर्किएर वीरगन्ज जान लागेको बसले स्कुटरलाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन्।
- इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले घाइतेलाई तत्काल उद्धार गरेर वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको बताए।
- बस वीरगन्जबाट यात्रु लिएर पथलैयातर्फ जान लागेको थियो र सिमरामा जेनजी प्रदर्शनका कारण फर्किँदा मालपोत चोकमा दुर्घटना भएको हो।
४ मंसिर, काठमाडौं । बाराको सिमरामा भइरहेको जेनजी युवाको प्रदर्शनका कारण फर्किएर वीरगञ्ज जान लागेको बसले स्कुटरलाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार ना ६ ख ८४४५ नम्बरको बसले बा ९३ प ३९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
घाइतेलाई तत्काल उद्धार गरेर उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल पठाइएको डीएसपी जोशीले बताए ।
बस वीरगन्जबाट यात्रु लिएर पथलैयातर्फ जान लागेको थियो । जेनजी प्रदर्शनको कारण सिमराबाट अगाडि बढ्न नसकेपछि पुन: वीरगन्जतर्फ नै फर्कन लाग्दा मालपोत चोकमा स्कुटरलाई ठक्कर दिएको हो । सिमरा चोक र मालपोत तोकको दुरी दुई किलोमिटर छ ।
प्रतिक्रिया 4