+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
17/2 (4.3)
Shares

सिमरा अपडेट: वार्तामा बस्नुअघि सडकमा जेनजीको छलफल

प्रशासनको आह्वानपछि के गर्ने भन्नेबारे निर्णय गर्न आन्दोलनरत युवाहरू सिमरा चोकस्थित मुख्य सडकमै छलफलमा बसेका हुन् ।

सुनिल गाउँले सुनिल गाउँले
२०८२ मंसिर ४ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय बाराले आन्दोलनरत जेनजी युवाहरूसँग संवादबाट समाधान निकाल्न वार्ताको आह्वान गरेको छ।
  • आन्दोलनरत जेनजी युवाहरूले सिमरा चोकस्थित मुख्य सडकमै छलफल गरी वार्तामा बस्नुअघि अरविन्द साहलाई पक्राउ गर्नुपर्ने अडान राखेका छन्।
  • प्रशासनले कलैयामा वार्ताको लागि टोली पठाउन आग्रह गरेको छ भने जेनजी समूहले अरबिन्द साह पक्राउ पर्नुपर्ने शर्त राखेको छ।

४ मंसिर, काठमाडौं । स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्तावमाथि आन्दोलनरत जेनजी युवाहरूले सडकमै छलफल गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षसँग वार्ताको आह्वान गरेको थियो । प्रशासनको आह्वानपछि के गर्ने भन्नेबारे निर्णय गर्न आन्दोलनरत युवाहरू सिमरा चोकस्थित मुख्य सडकमै छलफलमा बसेका हुन् ।

त्यसक्रममा जेनजी अगुवा सम्राट उपाध्यायले जिल्ला प्रशासन कार्यालयबाट आफूहरूलाई कलैयामा रहेको प्रशासन कार्यालयमा बोलाइएको जानकारी गराएका थिए । छलफलमा सहभागीहरूले वार्तामा बस्नुअघि बुधबार जेनजी युवा माथि सबैभन्दा पहिलो मुक्का हान्ने एमालेको युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ गर्नुपर्ने अडान राखेका छन् ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जेनजी समूहलाई वार्ताको लागि टोली बनाएर आउन प्रशासनले आह्वान गरेको तर उनीहरूले प्रशासनको टोली घटनास्थलमै आउनु पर्ने धारणा राखेको जानकारी दिए ।

तर, सुरक्षाको कारण सिमरा आउन नमिल्ने भएकाले कलैयामै वार्तामा आउन प्रशासनले आग्रह गरिरहेको उनले बताए । यसपछि जेनजी अगुवाहरूले वार्ताको लागि कलैया जान तयार रहेको तर, पहिले अरबिन्द साह पक्राउ पर्नु पर्ने शर्त राखेका छन् ।

वार्ताको समय भने तय गरिएको छैन । ‘वहाँहरू जतिबेला आए पनि हामी वार्ता गर्छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?