+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

ग्लोबल इक्विटी फन्डले गर्‍यो फिन्टेक कम्पनी ‘जुनो’ मा लगानी

जुनोका संस्थापक जोशीले ग्लोबल इक्विटी फन्डलाई रणनीति साझेदारका रूपमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल इक्विटी फन्डद्वारा विशिष्टीकृत नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्ड–१ ले फिनटेक कम्पनी जुनोमा रणनीतिक लगानी गरेको छ।
  • जुनोले अन्तरदेशीय बैंकिङ र भुक्तानी सहज बनाउने अमेरिकी आधिकारिक फिनटेक प्ल्याटफर्म हो र सीमाविहीन अर्थतन्त्रलाई बढावा दिन समर्पित छ।
  • ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक डा. मनीष थापाले यसलाई नेपाललाई विश्वव्यापी फिनटेक नक्सामा राख्ने प्रमुख कदम भनेका छन्।

४ मंसिर, काठमाडौं । ग्लोबल इक्विटी फन्डद्वारा विशिष्टीकृत लगानी कोष नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्ड–१ ले फिन्टेक कम्पनी जुनोमा रणनीतिक लगानी घोषणा गरेको छ ।

जुनो नेपाली फिनटेक क्षेत्रमा विकास गरिएको पछिल्लो इनोभेसन हो । यसले अन्तरदेशीय बैंकिङ तथा भुक्तानी सहज बनाउँछ । ‘बैंकिङ बियोन्ड बोर्डर्स’ मिसनमा निर्मित फिनटेक कम्पनी जुनो आधिकारिक रूपमा इजाजतप्राप्त अमेरिकी आधारित प्ल्याटफर्म हो, जुन विश्वको सबैभन्दा किफायती र निर्वाध विश्वव्यापी मुद्रा आवगमन च्यानल सिर्जन गर्न प्रतिबद्ध छ ।

फिनटेक कम्पनी जुनोको स्थापना सीमापार कारोबारका एक सफल सूचना प्रविधि उद्यामी बालकृष्ण जोशीको नेतृत्वमा भएको हो । यो समान सीमाविहीन अर्थतन्त्रलाई बढावा दिन समर्पित पहिलो र एकमात्र समावेशी बहुपक्षीय फिनटेन प्ल्याटफर्म हो ।

‘यो लगानीमात्र होइन, यो नेपाललाई विश्वव्यापी फिनटेक नक्सामा राख्ने र उदीयमान विकसित बजारहरूबीच वित्तीय समानता अगाडिी बढाउने दिशामा उक दृष्टिकोण र एक प्रमुख कदम हो,’ ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक डा. मनीष थापाले भने ।

जुनोका संस्थापक जोशीले ग्लोबल इक्विटी फन्डलाई रणनीति साझेदारका रूपमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताए ।

‘यो लगानी विश्वव्यापी रूपमा वित्तीय समावेशीकरण र आर्थिक समानता चलाउने जुनोको मिसनको एक शक्तिशाली पुष्टीकरण हो, सीमारहित बैंकिङ र भुक्तानीमा नेपालले पूरै दक्षिण एसियामा नेतृत्व गर्न सक्छ,’ जोशीले भने, ‘अन्तरदेशीय भुक्तानीमा नेपाललाई अर्को तहमा लान सक्छ, जुनोले संसारलाई सीमारहित तरिकाले जोड्छ र यसका लागि राष्ट्र बैंक पनि सकारात्मक छ ।’

ग्लोबल इक्विटी फन्डको यो फिनटेक डोमेनमा दोस्रो रणनीतिक लगानी हो जसले वित्तीय नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धतालाई जोड दिन्छ । फन्डले हालै नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेमा लगानी गरेको छ जसले विभिन्न डिजिटल भुक्तानीका लागि बैंक, डिजिटल वालेट, उपभोक्ता र व्यापारीलाई जोड्ने अन्तरसञ्चालन प्रणाली सञ्चलान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?