+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
१२० बलमा १४३ रन आवश्यक
चितवन राइनोज 2025
142/7 (20)
Shares

सिमरामा जारी तनाव हिंसात्मक हुन नदिन सबैले संयमता अपनाउँ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाराको सिमरामा जारी तनावलाई हिंसात्मक हुन नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन आग्रह गर्नुभएको छ।
  • प्रचण्डले राजनीतिक दल र नेतालाई निर्वाध हिँडडुल र सभा–सम्मेलन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ।
  • बाराको सिमरामा बुधबार जेनजी युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको थियो र बिहीबार पनि सिमरा बजार तनावग्रस्त बनेको छ।

४ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाराको सिमरामा जारी तनावको स्थितिलाई हिंसात्मक हुन नदिन उच्च संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेका छन् ।

लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक भएपनि त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति नहुने प्रचण्डको भनाइ छ ।

राजनीतिक तथा वाक स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेतालाई निर्वाध हिँडडुल गर्ने, सभा–सम्मेलन गर्ने वातावरण बनाउन सरकारसँग उनले आग्रह गरेका छन् ।

घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन नकारात्मक प्रभाव रोक्नुपर्ने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा पाेस्ट गर्दै प्रचण्डले स्थानीय पार्टी पंक्तिलाई परिस्थितिलाई सामान्य बनाउन सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

बाराको सिमरामा बुधबार जेनजी युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको थियो ।

एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायतका नेता सिमरा आउने थाहा पाएपछि जेनजी युवाले रोक्न खोज्दा तनाव उत्पन्न भएको थियो । बिहीबार पनि सिमरा बजार तनावग्रस्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?