+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

सुरक्षा परिषद् बैठक : राष्ट्रिय सुरक्षा चुनौतीबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १८:१५

४ मंसिर, काठमाडौं । बिहीबार सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले देशको पछिल्लो सुरक्षा अवस्था र त्यसले पार्नसक्ने सम्भावित चुनौतीबारे छलफल गरेको छ ।

बुधबार र बिहीबार मात्रै बाराको सिमरामा देखिएको जेनजी र नेकपा एमालेबीचको झडप, त्यसबाट उत्पन्न परिस्थित र समग्र देशको पछिल्लो सुरक्षा अवस्थाबारे परिषद्‌मा छलफल भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्क्षतामा बसेको ४१ औं बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्दले, रक्षा सचिव सुमनराज अर्याल सहभागी थिए ।

बैठकमा राष्ट्रिय सुरक्षामा आउनसक्ने चुनौती तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा देखा परेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावबारे छलफल भएको रक्षा सचिव अर्यालले बताए ।

यस्ता चुनौतीहरूको सामना गर्न अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल भएको बताइएको छ ।

त्यस्तै बैठकले परिषद्को आठौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि समेत छलफल गरेको छ । मस्यौदालाई आवश्यक संशोधनसहित स्वीकृत गरी राष्ट्रपति समक्ष पेश गर्ने निर्णय बैठकले गरेको रक्षा सचिव अर्यालले बताए ।

त्यस्तै निर्वाचनका लागि सेना परिचालन गर्न सरकार समक्ष पेश गर्ने पनि निर्णय बैठकले गरेको छ । बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सेना परिचालन गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको रक्षा सचिव अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?