५ मंसिर, काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल ९ मंसिरमा अनिवार्य अवकाशमा जाँदैछन् ।
५८ वर्षे उमेरहदका कारण मुख्यसचिव अर्याल यही ९ मंसिरमा अनिवार्य अवकाशमा जानेछन् । अर्याल १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका हुन् ।
२०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।
अर्याल अवकासमा जाने भएपछि सरकार अर्को मुख्यसचिव नियुक्तिको तयारीमा छ ।
निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहरूमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4