+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
142/1 (12.5)
Shares

दुबई एयर शो मा भारतीय लडाकू विमान तेजस दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुबई एयर शोमा भारतीय वायु सेनाको तेजस फाइटर जेट परीक्षण उडानका क्रममा दुर्घटनाग्रस्त भएको छ।
  • दुर्घटनामा पाइलटको मृत्यु भएको भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जानकारी दिएको छ।
  • दुर्घटनापछि तेजस विमानको सुरक्षा र प्रविधिमाथि गम्भीर प्रश्न उठेको छ।

५ मंसिर, काठमाडौं । दुबई एयर शो मा भारतीय वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको छ ।

यूएईको अल मकतूम विमानस्थलमा जारी दुबई एयर शो अन्तर्गत एक परीक्षण उडानमा भारतीय वायु सेनाको तेजस फाइटर जेट दुर्घटनाग्रस्त भएको हो ।

शुक्रबार दुबईको स्थानीय समय अनुसार २:१० बजे विमान दुर्घटना भएको समाचार संस्था एपीले जनाएको छ ।

हजारौं दर्शक दुबई एयर शो को अवलोकनका लागि जम्मा भएका बेला भारतको हल्का लडाकू विमान एलसीए तेजस परीक्षण उडानका क्रममा अचानक दुर्घटना भएको थियो ।

उडान भरेर शानदार मोड लिइरहेको लडाकू विमान के कारण दुर्घटना भयो भन्ने खुलेको छैन । दुर्घटनापछि जमिनमा खसेर विमानमा आगलागी भएको भिडियोमा सार्वजनिक भएको छ ।

दुर्घटनामा पाइलटको मृत्यु भएको भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जानकारी दिएको छ ।

दुबई एयर शो विश्वकै प्रमुख एभिएसन प्रदर्शनीमध्ये एक हो । विश्वभरका विभिन्न एयरलाइन्स र सैन्य उत्पादक कम्पनीले आफ्नो प्रविधि प्रदर्शन गर्न शो सहभागिता जनाउने गर्छन् ।

दुर्घटनापछि भारतीय वायु सेनाको विमान तेजसको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।

हिन्दुस्तान एरोनोटिकल लिमिटेड (एचएएल) ले निर्माण गरेको विकास गरेको यो विमान ४.५ पीढीको हो, जसअनुसार विमानमा नविनतम प्रविधि प्रयोग गरिएको भन्ने बुझिन्छ ।

तेजस छोटो र हल्का विमान हो, जसले सुपसोनिक अर्थात् ध्वनीको गतिमा उडान भर्ने क्षमता राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?