+
+
WC Series
पोखरा एभेन्जर्स 2025
150/7 (17.5)
VS
१३ बलमा ४४ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

विकेन्ड बने सांगीतिक टूरबाट १ अर्ब डलर कमाउने ‘पुरुष संगीतकर्मी’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पपस्टार विकेन्डको 'आफ्टर आवर्स टिल डन' टूरले १ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ।
  • यो कुनै पुरुष एकल कलाकारको टूरले गरेको अहिलेसम्मकै सर्वाधिक कमाइ हो।
  • टूरले ४८.५ मिलियन अमेरिकी डलरभन्दा बढी एक्सओ मानवीय कोष र ग्लोबल सिटिजनलाई दान गरेको छ।

लस एन्जलस । पपस्टार विकेन्डले सांगीतिक इतिहास रचेका छन् । उनको सांगीतिक टूर ‘आफ्टर आवर्स टिल डन’ ले १ अर्ब अमेरिकी डलरभन्दा धेरै कमाइ गरेको छ ।

कुनै पुरुष एकल कलाकारको टूरले गरेको यो अहिलेसम्मकै सर्वाधिक कमाइ हो ।

बिलबोर्ड म्यागजिनका अनुसार मेक्सिको, ब्राजिल, युरोप र बेलायतमा गायक-गीतकारले सन् २०२६ मा गर्न लागेका कन्सर्टमा अहिलेसम्म ७५ लाखभन्दा धेरै टिकट बिक्री भएको छ ।

५३ कार्यक्रममा अहिलेसम्म १ अर्ब डलरभन्दा बढी कमाएको छ । यो भ्रमण पहिलो पटक सन् २०२२ मा सुरु भएको थियो र उत्तर अमेरिकामा दुईपटक सम्पन्न भैसकेको छ ।

युरोप, बेलायत, ल्याटिन अमेरिका र अष्ट्रेलियामा एक-एक पटक सम्पन्न भएको छ ।

सन् २०२५ को उत्तर अमेरिकी टूरमा मात्र ४० भन्दा बढी कार्यक्रम सोल्ड-आउट शोहरू थिए, जसको अवधिमा वीकेन्ड न्यूयोर्क, डेनभर, सान्ता क्लारा, सियाटल, एडमन्टन, मोन्ट्रियल, ओर्लान्डो, आर्लिंगटन र ह्युस्टनका स्थलहरूको इतिहासमा सबैभन्दा धेरै कमाउने अश्वेत पुरुष कलाकार बन्न सके ।

“आफ्टर आवर्स टिल डन“ भ्रमणबाट, वीकेन्डले एक्सओ मानवीय कोष र ग्लोबल सिटिजनलाई ४८.५ मिलियन भन्दा बढी दान गरेका छन् । सन् २०२६ को दौडबाट प्राप्त हुने थप रकमले विश्व खाद्य कार्यक्रम ग्लोबल सिटिजनलाई सहयोग हुने जनाइएको छ ।

यो भ्रमण सन् २०२६ मा मेक्सिको, ब्राजिल, युरोप र बेलायतभरि ४० भन्दा बढी थपिएका मितिहरू सहित जारी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?