६ मंसिर, काठमाडौं । पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपाल प्रथम ब्लाइन्ड महिला टी-२० विश्ववप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा पाबिस्तानले दिएको १७१ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ । भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गरेर फाइनल प्रवेश गरेको हो ।
फाइनल खेल आइतबार श्रीलंकाको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट ग्राउण्डमा हुनेछ ।
प्रतिक्रिया 4